नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले जानकारी दिए । ‘क्यान्सर बढ्दै गएर फोर्थ अर्थात लास्ट स्टेज पुगिसकेको हुनाल...