संयमित भएर खोप अभियानमा सहयोग गर्न सरकारको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैले खोप लगाउन पाउने भन्दै संयमित भएर खोप अभियानमा सहयोग गर्न आग्रह गरेको छ।मन्त्रालयले शुक्रबार बेलुकी एक विज्ञप्ति जारी गर्दै चरणवद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने भएकाले आफ्नो पालोमा भीडभाड नगरी खोप लगाउन आग्रह गरेको हो। चीनबाट खरिद गरिएका थप खोप साउन ६ गतेदेखि निरन्तर आउने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोजमध्ये पहिलो लटमा आठ लाख मा

सम्बन्धित सामग्री

शिक्षा विधेयकप्रति शिक्षक महासंघको २०बुँदे विमति, वार्तामा आउन सरकारको आग्रह

काठमाडौं, ३१ भदौ । संसद्मा दर्ता भएको शिक्षा विधेयकप्रति नेपाल शिक्षक महासंघले २० बुँदे विमति राखेको छ । महासंघले शिक्षा विधेयकमा उल्लेख भएका विषयमा विमति जनाउँदै आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गराएर शिक्षकहरुलाई काठमाडौं केन्द्रीत आन्दोलनमा ल्याउने घोषणा गरिसकेको छ । महासंघले शिक्षकको स्थायी नियुक्तिदेखि निजी विद्यालयसम्मका शिक्षकको माग र मुद्दा विधेयकमा सम्बोधन […]

शीतलहर र हिमपातबाट जोगिन सरकारको आग्रह

काठमाडौँ : सरकारले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरेको जानकारी दिए।काठमाडौँमा आज यो वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४.०५ सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।चिसोबाट बच्न  शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्

राजधानी टोकियो आसपासमा बत्ती निभाउन जापान सरकारको आग्रह

१३ असार, काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह गरेको हो । सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु पर्ने छ । तर उनीहरुले […]

नेपालीलाई सरकारको आग्रह : युक्रेनबाट तत्काल फर्कनू

काठमाडौं : पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढेपछि सरकारले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गरि दुई देशको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन अनुरोध गरेको हो।मन्त्रालयले हालसम्म युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा ३८ जनाभन्दा बढी नेपाली सम्पर्कमा आएको र उनीहरू सबै जना सुरक्षित रहेको जनाएको छ। ‘युक्रेनमा रहनु भएका नेपाली

निर्वाचनबारे जनतामा भ्रम नछर्न एमालेलाई सरकारको आग्रह (भिडिओसहित)

काठमाडौं, १२ माघ । निर्वाचनबारे भ्रम नछर्नको लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आग्रह गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको प्रतिक्रिया दिए । उनले संविधानबमोजिम समयमै निर्वाचन हुने बताए । उनले भने,‘कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर […]

विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपानउन स्वास्थ मन्त्रालयले अपील गरेको छ । केही दिनअघि अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रोन भेरियन्ट अफ्रिका तथा एशियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको […]

अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न […] The post अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ईपीएस परीक्षा उत्तीर्ण कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान सरकारको आग्रह

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने प्रक्रियाबमोजिम भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो छिटो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग आग्रह गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठकमा सरकारले भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थी कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान यस्तो आग्रह गरेको हो । […] The post ईपीएस परीक्षा उत्तीर्ण कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

३१ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् […]