साउदी अरबका पूर्व गुप्तचर अधिकारीले आफूसँग भएको गोप्य सूचनाका कारण युवराज मोहम्मद बिन सलमानले मार्न खोजिरहेको दाबी गरेका छन् ।
सीबीएस टेलिभिजनसँग कुरा गर्दै साद अलजाबरीले बिन सलमान कसैप्रति दायामाया नराख्ने मानसिक रोगी भएको बताए ।
अलजाबरी साउदीका पूर्व राज्यमन्त्री थिए तथा पूर्व युवराज मोहम्मद बिन नायेफका निकट सहयोगी थिए । बिन सलमानले आफूलाई मार्न चाहिरहेको उनले लगातार बताउँदै आएका छन् ।
बिन सलमानले बिन नायेफलाई पदबाट हटाएपछि अलजाबरी साउदीबाट भागेर क्यानडा पुगेका थिए ।
सीबीए...