काठमाण्डाै – चीनले ताइवान मामिलामा सम्हालिएर बोल्न अमेरिकालाई सुझाव दिएको छ ।
हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताउनुभएको थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका सम्बन्धमा बोल्दा शब्द चयनमा सर्तकता अपनाउन अमेरिकालाई सुझाव दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
यदि ताइवानका विभाजनकारीलाई गलत संकेत दिएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने उहाँले बताउनुभयो । ताइवानको मुद्दा...