पार्टीमा कुरा उठेपछि अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्। केन्द्रीय समिती बैठक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको पूर्वस्थायी कमिटी सदस्य दिनानाथ शर्माले बताए। उनले भने, ‘नागरिकता विधेयक लगायतको बिषयमा छलफल गर्न उहाँ बालुवाटार जाँदै हुनुहुन्छ। त्यहाँ प्रसंग उठेको