उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । यस मिसाइललाई रणनीतिक हतियार भनिएको छ । उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन बन्द गर्ने र त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले उत्तरमाथि थोपरेको आर्थिक नाकाबन्दी खुकुलो गर्ने विषयमा चलिरहेको वार्ता लामो समयदेखि अवरुद्धजस्तै छ ।