दाङ । बबई नदीमा डुबेर शनिबार दुई बालिका बेपत्ता भएका छन् ।
दाङको दंगीशरण गाउँपालिका–२ की अन्दाजी १४ वर्षीया रमा शाह र सल्यानकी १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । सल्यानकी चन्द आफन्तको घरमा पाहुना आएकी हुन् ।
तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुरा र दंगीशरण–२, गोलटाकुरीमा पर्ने सिमलकुना घाटनजिकै नहाउन...