बुधबार दिउँसो १२ बजेको समय । वीरेन्द्रनगरमा सिमसिमे वर्षा भइरहेका कारण बाहिर सुनसान थियो । चिसोले गर्दा मान्छेहरु घरभित्रै थिए । पसलहरु खुले पनि चहल–पहल खासै थिएन ।वीरेन्द्रनगरको मुख्य चोक ‘वीरेन्द्र चोक’ नजिक एकाएक एउटा समूह तामझामसहित आयो । त्यो समूहले स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक ल्याएको थियो । टाउकोमा श्रीपेच, आँखामा चश्मासहित वीरेन्द्रकै वनावटमा रहेको अर्धकदको सालिक चोकमा ठड्याइयो ।त्यो सालिक ठड्याउने समूह को हो भन्नेसमेत सुरुमा कसैले पत्तो पाएनन् । राजाको सालिक ठड्