बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएकाे छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सीमा क्षेत्रको दशगजा […]
नेपाल प्रवेश गर्ने नाकाहरूमा थप कडाई गरिने भएको छ। गृह मन्त्रालयमा सोमबार अपराह्न बसेको नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकले नाकाहरुमा थप कडाई गर्ने निर्णय गरेको हो। भारतीय नाकाबाट अवैध...
गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा अब हट्ने भएको छ । बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित कमाण्ड पोष्ट र संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले बिहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । ‘सीमा नाकामा कडाई कायम राख्दै जिल्लाभित्र भने व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भन्नुभयो, ‘तर स्वास्थ्य र सुरक्षाका मापदण्ड भने अपनाउन सबैलाई आग्रह गर्दछौं ।’
बिहीबारदेखि व्युटिपार्लर, सैलुन, जिमखाना, फिल्महल र कबर्डहल हुने गतिविधि बाहेकका पसल एवं व्यापार व्यवसाय सञ्चालन आउने प्रशासनले बताएको छ । जिल्लाभित्र आन्तरिक रुपमा यातायात सेवा सञ्चालन गर्ने अनुमतिसमेत प्रदान गरिएको छ । यदी सरकारले निर्णय अनुसार लामो दुरीका यातायात सञ्चालन भएमा स्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाईका साथ पालन गरी प्रत्येक पालिकाले यात्रुहरुको लगत राख्नु पर्ने नियम बनाइएको छ । भदौ १ गते जिल्लाका विभिन्न ठाउँमा नियमित रुपमा निषेधाज्ञा जारी भएपछि सरकारी तथा गैरसकारी कार्यालयहरुको सेवा समेत प्रभावित भएको थियो । अब भने भिडभाड नगरी आवश्यक सर्तकता अपनाएर समय तालिका समेत बनाई कार्यालय सञ्चालनको अनुमति दिइएको छ ।
३० साउन, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमढा बढेसँगै कर्णाली प्रदेशले नाकामा कडाई गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको …