नेपालस्थित पाकिस्तानी दूतावासद्वारा निवन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–यसलाई क्षेत्रिय समृद्धिमका लागि कसरी सदुपयोग गर्न सकिन्छ’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल […]

सम्बन्धित सामग्री

निबन्ध लेखनमा ईशा पहिलो

नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । ‘दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयकी छात्रा ईशा बराल प्रथम हुनुभएको छ । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँले सम्मानित गरियो । तिलिङ्गाटार माध्यमिक विद्यालयका छात्र मोहित वाग्ले दोस्रो हुनुभयो । उहाँलाई रजत पदक, प्रमाणपत्र र ३० हजार रुपियाँ नगदसहित सम्मान गरियो । त्यस्तै सोही विद्यालयका छात्र श्रीशान्त श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँलाई कांस्य पदक, प्रमाणपत्र र २५ हजार रुपियाँसहित सम्मानित गरियो । प्रतियोगितामा सहभागी १८१ विद्यार्थीमध्ये १२ जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत

नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।