देशदौडाहामा ‘जाउँ है पोखरा’

हेटौंडा । आन्तरिक पर्यटन नै पर्यटन क्षेत्रको मूल आधार भन्ने मुल उद्देश्यसाथ पश्चिमाञ्चल होटल संघ पोखरा ‘जाउँ है पोखरा’ अभियान लिएर देशदौडाहाका क्रममा हेटौंडा आएको छ । संघले दुई दशक अघिदेखि हरेक नेपाली नयाँ वर्षको अवसर छोपेर आन्तरिक पर्यटकलाई निमन्त्रणा गर्न विशेष छुटसाथ अभियान सञ्चालन गर्दै आएको हो । अभियानकै क्रममा हेटौंडाका उद्योगी, व्यवसायी तथा […]

सम्बन्धित सामग्री

जाउँ है पोखरा अभियान: पश्चिम नेपालका पाहुनालाई पोखराको निम्तो

पश्चिम नेपालका आन्तरिक पाहुनालाई घुम्न आउन भन्दै पोखराले निम्ता गरेको छ। ‘जाउँ है पोखरा’ अभियानका क्रममा पोखराले पश्चिम नेपालका विभिन्न सहरमा पुगेर पाहुनालाई पोखरा घुम्न बोलाएको हो।...

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान

गण्डकी, ६ पुस । आन्तरिक पर्यटन प्रवद्र्धनमा आशा जगाउँदै पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न भएको छ । होटल सङ्घ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यसहित गत मङ्सिर २९ गतेदेखि उक्त अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध व्यवसायीबीच छलफल […]

‘जाउँ है पोखरा अभियान’ नेपालगन्जमा

होटल व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि थालिएको ‘जाउँ है पोखरा अभियान’को टोलीले आइतबार नेपालगन्जका पर्यटन व्यवसायीसँग छलफल कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन् ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान

नकपुरधाम । आन्तरिक पर्यटन विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ ।  अभियानका लागि प्रचारप्रसारका क्रममा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले विगत दुई दशकदेखि शुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बिहीवारदेखि शुरु भएको प्रचारप्रसार अभियान जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन पुगेर यही २० गते सम्पन्न हुने उनले जानकारी दिए ।   ‘यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट पर्यटकलाई पूर्व अर्थात् देशका अन्य भूभागमा पठाउन अनुरोध गर्ने उद्देश्यले अभियान शुरु गरेका छौं । यसमा पर्यटन व्यवसायीलगायत सम्बद्ध सबैको साथ र सहयोग रहने अपेक्षा छ,’ अध्यक्ष सुवेदीले भने, ‘पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) महत्त्वपूर्ण हुने भएकाले पूर्वी नेपालका विभिन्न सहरबाट पोखरासम्म सीधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि पनि सबैको पहल र सक्रियताका लागि अपिल गर्दछौं ।’  त्यस अवसरमा मधेस प्रदेश होटल सङ्घका अध्यक्ष विजय झुनझुनवालाले कोभिड–१९ देखि थला परेको पर्यटनलाई पुनरुत्थान गर्न यस अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धार्मिक र पर्यटकीय हिसाबले एक ऐतिहासिक स्थल जनकपुरको महिमा देशका अन्य क्षेत्रमा पनि पु¥याउनका लागि पर्यटकलाई यहाँ पठाउन पहल गर्न सरोकारवालालाई आग्रह गरे ।   कार्यक्रममा मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको निमित्त सचिव जयकुमार राउतले आन्तरिक पर्यटकका साथै काठमाडौं र पोखरा घुम्न आउने अन्तरराष्ट्रिय पर्यटकलाई मधेस प्रदेशका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्वका स्थलको भ्रमणका लागि पठाउन जरुरी रहेको र यस कार्यमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।  पोखरा होटल सङ्घले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, खाना महोत्सव गर्दै आएको र आगामी मङ्सिर ९ गते अन्तरराष्ट्रिय पोखरा क्रसकन्ट्री रेस तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि भारतीय सहरमा ‘चलिए पोखरा अभियान’ र अन्तरराष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टमा समेत सहभागिता जनाउँदै आइएको जनाएको छ । रासस

पर्यटक बोलाउँदै ‘जाउँ है पोखरा’ नेपालको पूर्वी सहरमा

१६ कात्तिक, पोखरा । पर्यटक बोलाउँदै होटल संघ पोखराको टोली नेपालको पूर्वी सहर हिँडेको छ । दुई दशक अगाडिदेखि नेपालका विभिन्न सहर पोखरा पर्यटक बोलाउने यो अभियान बिहीबारदेखि पूर्वी सहरमा चल्ने भएको हो । जनकपुर, विराटनगर, बिर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया गर्दै पोखरा घुम्न निम्तो गर्ने कार्यक्रम  तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए […]

आन्तरिक पर्यटक लक्षित ‘जाउँ है पोखरा’ अभियान सुरु

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यसहित ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। आन्तरिक पर्यटक लक्षित यो प्रवद्र्धनात्मक अभियान पश्चिमाञ्चल होटल संघले सुरु गरेको हो। भाइरस संक्रमण कमजोर भएर हिडडुल सहज भएको मौका पारेर अभियान चलाए...

पोखरामा पर्यटक ल्याउन ‘जाउँ है पोखरा’ अभियान

बुटवल : दुई दशकअघि पश्चिमाञ्चल होटल संघ पोखराले अगाडि सारेको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। सोमवार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक विकल तुलाचनले बुटवलबाट शुरु भएको अभियान चितवन, हेटौँडा, वीरगंजलगायतका शहरमा पनि सञ्चालन हुने जानकारी दिए। पोखरामा भएका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि यो अभियानले…

नयाँ वर्षमा जाउँ है पोखरा

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ ।

नयाँ वर्षमा प्रविधिमैत्री ‘जाउँ है पोखरा’ अभियान

गण्डकी । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्ने भएको छ । कोभिड– १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । सङ्घले नयाँ वर्ष २०७८ […]

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’मार्फत आन्तरिक ...