लोपोन्मूख अति सङ्कटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै करेन्ट लागेर धमाधम मर्न थालेपछि गिद्ध नै मासिने खतरा बढेको छ । विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप हुुँदै जाने खतरा बढेको हो ।