केही दिनअघि अचानक फोन आएको थियो नइ प्रकाशनबाट । फोन रहेछ सदस्य सचिव नरेन्द्रराज प्रसाईंको ।
उनले भने, ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पुनः प्रकाशित गराउँदैछौं भूमिका लेखिदिनुहुन्छ कि ?’
कुरा ठीक लाग्यो तर पुस्तक थिएन मसँग । प्रत्युत्तरमा भनें, ‘लेख्न त हुन्थ्यो तर सो पुस्तक पनि छैन र पढ्न भ्याएको पनि छैन ।’
कुरा टुंगिन नपाउँदै उनले थपे, ‘पुस्तकको चिन्ता नगर्नुस् मसँग छ ।’ हुन्छ, भइहाल्छ नि भनेर फोन राखें ।
पुस्तक प्राप्त भयो लगत्तैजसो । साथमा उनैद्वारा लिखित ...