जसपाको दुवै पक्षलाई प्रमाण पेस गर्न आयोगको आदेश

 जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आज भएको बहसमा निर्वाचन आयोगले दुवै पक्षलाई आ–आफ्नो प्रमाण पेस गर्न आदेश दिएको छ । आधिकारिकतासम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले इजलास गठन गरी आजदेखि बहस सुरु गरेको छ । आज दुवै पक्षको बहस सकिएको छ । दुवै पक्षका अधिवक्ताले बहस गरेपछि निर्वाचन आयोगले आआफ्नो प्रमाण पेस गर्न आदेश दिएको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहस गरेका अभिवक्ता वीरेन्द्र ठाकुरले बताए ।दुवै पक्षले आआफ्नो प्रमाण पेस गरिसकेपछि पुनः त्यसमा दुवै पक्षले दुई&nd