ताप्लेजुङमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु

ताप्लेजुङमा आइतबार एकैदिन दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दुईजना वृद्धाको मृत्यु भएको हो । फुङ्लिङ नगरपालिका–४ बालमन्दिर टोलकी ६९ वर्षीया वृद्धाको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो भने सिरिजङ्घा गाउँपालिका–४ तेल्लोककी ८० वर्षीया वृद्धाको बिहान करिव ११ बजेतिर मृत्यु भएको हो । आफन्तका अनुसार फुङ्लिङ नगरपालिकाकी वृद्धामा शंकास्पद लक्षण देखिएपछि शनिबार मात्र जिल्ला अस्पताल ताप्लेजुङमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित सामग्री

कोरोनाबाट ५१ जनामा संक्रमण, १ जनाको मृत्यु

कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् […]

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक […]

भारतमा १७ हजार नयाँ कोरोना सङ्क्रमित थपिए, ४७ जनाको मृत्यु

काठमाडौँ- बितेका २४ घण्टामा भारतमा थप १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण भेटिएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः […]

एकै दिन थपिए ७१० कोरोना सङ्क्रमित, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा एकै दिन ७१० कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना सङ्क्रमित फेला परेका छन् । बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि […]

भारतमा थप ४४ हजार कोरोना सङ्क्रमित

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ दशमलब०३ प्रतिशत रहेको छ भने ९७ दशमलब ६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।  एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसार भरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।प्राप

कोरोनाबाट काभ्रेमा ७ जनाको मृत्यु

काभ्रे । कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरकी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् । मण्डनदेउपु

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली / भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७... The post भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित appeared first on Purbeli News.

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली / भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ३४६... The post भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित appeared first on Purbeli News.

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।