पूर्वी नेपालका १४ जिल्लाबाट जापानका विभिन्न क्षेत्रमा बसोबास गने नेपालीहरुलाई समेटेर गठन भएको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन हुनुभएको छ । विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो । १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार …