अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको परमाणु सम्झौताप्रति फ्रान्सको आपत्ति, राजदूतलाई फिर्ता बोलाउने निर्णय

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ। आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो।

सम्बन्धित सामग्री

ईरानसँग भएको परमाणु सम्झौता मान्ने अमेरिकी संकेत

अमेरिकाले ईरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतामा फर्कने संकेत दिएको छ। पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको यो सम्झौता निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडेका थिए।हालका राष्ट्रपति जो बाइडेनको प्रशासनले सो सम्झौताका शर्तहरू स्वीकार गर्न तयार रहेको बताएको हो। सम्झौता तोडिएपछि प्रत्युउत्तरमा ईरानले व्यापक मात्रामा परमाणु प्रशोधन र यो प्रयोग गरी हतियार बनाइरहेको छ। सम्झौता तोडेको अमेरिका फेरि लचक हुनुको मुख्य कारण यही हो।सन् २०१५ मा भएको सम्झौतामा अमेरिकालाई फिर्ता गर्न बेलायत, फ्रान्स