३५ सय ओमानी रियालमा महिला बेच्ने दुईजना पक्राउ

काठमाडौं : आकर्षक रोजगारीको प्रलोभनमा पारेर ओमन पुर्‍याएर मानव बेचबिखन गर्ने दुईजना समातिएका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोले इलाम फाकफोकथुम गाउँपालिका-६ घर भइ काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक घर भइ ललितपुर भैंसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङलाई पक्राउ गरेको हो।उनीहरुले वैदेशिक रोजगारका लागि ओमानमा फ्रि भिसा र फ्रि टिकटमा मासिक ६० हजार रूपैयाँ कमाइ हुने घरेलु काममा पठाइदिन्छु भनेर पीडितलाई प्रलोभनमा पारेका थिए।२०७९ साल माघ २१ गते पीडितल