काठमाडौँ,६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेको हो । सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । सभामुखले भने, “माननीय सदस्यहरुले उठाएको विषयमा सरकारको पनि ध्यानाकर्षण […]