कोरोना सङ्क्रमणको आशङ्कामा थ्रोट स्वाब परीक्षणका क्रममा शुक्रबार अछामका २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अछामका विभिन्न स्थानबाट थ्रोट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमण परीक्षण गरिएकोमा बिहान, दिउँसो र बेलुकी गरेर तीन चरणमा प्राप्त विवरणमा एकै दिन ठूलो सङ्ख्यामा सङ्क्रमित पुष्टि पाइएको छ ।