लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक समावेशिताको सुनिश्चितता गरेको भए पनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरूलाई नेतृत्व पाउनमा कठिन रहेको बताउनुभएको छ ।
नेताहरूले पदलाई प्रतिष्ठाको विषय बनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री भएका छन् । सरकारमा दलको तर्फबाट नेतृत्व गर्ने नेताहरूले उपप्रधानमन्त्री पाउनै पर्ने अडान राखेपछि चार जना उप्रधानमन्त्री हुने अवस्था आएको हो ।
जातीय विभेद, लैगिंक विभेद, छुई प्रथा, विकासमा सम्मान सहभागिता नहुनु, समान कामको समान ज्याला नपाउनुलगायतका विकृति दुरदराज गाउँमा अझै विद्यमान छन् । एक दशक पहिलासम्म महिलाहरू महिला भएकै कारण लैगिंक हिंसा, छुई प्रथा, छोरा पाउनै पर्ने बाध्यतालगायतका सामाजिक विभेदको शिकार हुन बाध्य थिए । पुरुष प्रधान समाजका कारण गाउँबस्तीमा महिला अपहेलित हुनुपर्ने, अधिकार र नेतृत्व […]