काठमाडौँ,२६ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौँका लागि छुटेको एनएलओएल–२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका […]