लकडाउनले गर्दा काम गर्ने जनशक्ति नहुँदा साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी अर्थात् लकडाउनले बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकामा निर्माणाधीन तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित भएको हो ।