नाममा सीमित शीतभण्डार

जाजरकोट– कर्णालीको कृषिजन्य वस्तुलाई व्यवस्थित गरी कृषकको जीवनस्तर सुधारका लागि बनाइएका शीतभण्डार प्रयोगमै नआउने भएका छन् । कर्णालीका अधिकांश जिल्लामा करोडौं खर्च गरेर बनाएका शीतभण्डार विद्युत अभावकै कारण सञ्चालनमा आउन सक्ने अवस्था छैन । ३३ केभी प्रसारण लाइनको विद्युत नियमित नहुनु र शीतभण्डार सञ्चालनका लागि पर्याप्त ज्ञान नहुनु नै निर्माण भएका दर्जन कोल्डस्टोर अलपत्र बन्दै […]