आयात बढ्यो निर्यात घट्यो

चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।

सम्बन्धित सामग्री

मास्क आयात बढ्यो, निर्यात घट्यो

स्वदेशमै फेस मास्क उत्पादन हुन थाले पनि आयात भने बढ्दो क्रममा नै देखिएको छ । मास्क निर्यात भने घट्दो क्रममा रहेको भन्सार विभागको तथ्यांक छ । गत वर्षको तुलनामा यस वर्ष मास्क आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको विभागको तथ्यांक छ ।

काँकडभिट्टा नाका : कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।      चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारतलगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए । सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार र भटमासकै दाना (तेलका लागि) एक अर्ब ६ करोड ४३ लाख ६४ हजारका आयात भएको छ । यस्तै मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । कार्यालयका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । नेपालबाट भारत र बंगलादेशमा अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निकासी हुँदै आएको छ । रासस

कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको […]

१० प्रतिशतले घट्यो आयात, बढ्यो निर्यात

चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ

कैलाली भन्सार कार्यालय : आयात बढ्यो, निर्यात उस्तै

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य भन्सार कैलाली भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयात बढिरहेको छ। आयातको तुलनामा निर्यात भने बढ्न सकेको छैन।  प्रत्येक वर्ष आयात बढ्न थालेपछि राजस्वमा भने वृद्धि भइरहेको छ।   गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कैलाली भन्सार कार्यालयबाट सबै भन्दा बढी पेट्रोलियम पदार्...