काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको समस्या सुन्ने कल सेन्टरको नाम परिवर्तन गरी श्रमाधान राखेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै कल सेन्टरको नाम परिवर्तन गर्दै श्रमाधान राख्नुभएको हो ।
मन्त्री अर्यालले श्रमाधानमार्फत श्रमिकको समस्या सुन्ने र प्रभावकारीरूपमा समाधान गर्ने संयन्त्रको विकास गर्दै कल सेन्टरको नाम परिवर्तन गरेको बताउनुभयो । मङ्गलवारदेखि नै श्रमाधानमा २४ घण्टा नै फोन गरेर श्रमिकले आफ्ना समस्या राख्न सक्ने छन् ।...