टिकटक बनाउने भन्‍दै मोटरसाइकल चोरे

२० भदौ, काठमाडौं । प्रहरीले टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका-१० बस्‍ने १८ वर्षीय निसान सापकोटा (मुख्‍य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्‍यारेज सञ्‍चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् […]

सम्बन्धित सामग्री

पाटन दरबार परिसरमा पाइने छैन यी १० गतिविधि गर्न

ललितपुर महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार परिसरमा हुने गरेका विभिन्न  गतिविधिमा रोक लगाएको छ ।  महानगरले एक सूचना जारी गर्दै धूम्रपान तथा मद्यपान गर्न,  मोटरसाइकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न र सम्बन्धित निकायको अनुमति बिना कुनै पनि कार्यक्रम गर्न र गराउन रोक लगाइएको जानकारी दिएको छ ।  त्यसै गरी म्युजिक भिडियो तथा फोटो सुटिङ गर्न, साइकल स्टण्ड गर्न, कुनै पनि तरिकाबाट भिक माग्न, उछ्रिङ्खल तरिकाले टिकटक, भिडियो बनाउन, व धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरुमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्न रोक लगाइएको सूचनामा उल्लेख छ ।  चिया बेच्न, मकै बेच्न,...

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाएर, टिकटक भिडियो बनाउँछु भन्दै मोटरसाइकल मागेर फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो ।

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी

काठमाडौं, २१ भदौ । टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट […]

टिकटक बनाउने भन्दै मोटरसाइकल चोरी गर्ने गिरोह समातियो

काठमाडौं : टिकटक बनाउने भन्दै मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट…

टिकटक बनाउने बहानामा पठाओ राइडरसँग मोटरसाइकल मागेर चोरी, ३ जना पक्राउ

पठाओमा हिँड्दा चिनजान गरेर ‘टिकटक बनाउँछु’ भनेर मोटरसाइकल नै चोरेर भाग्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० घर भएका १८ वर्षीय निशान सापकोटा पठाओमा हिँड्थे । राइडरसँग चिनजान गरेपछि ‘टिकटक बनाउँछु’ भन्दै मोटरसाइलक मागेर उनि फरार हुने गरेका थिए । काठमाडौंबाट चोरेको मोटरसाइकल उनले सिन्धुपाल्चोकको मेलम्चीमा लगेर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

टिकटक बनाउने बहानामा मोटरसाइकल चोर्ने तीन जना पक्राउ

काठमाडौं– प्रहरीले टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका –१० बस्‍ने १८ वर्षीय निसान सापकोटा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० कै ३२ वर्षीय रामचन्द्र रावल र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ […]

टिकटक बनाउने भन्दै मोटर साइकल चोरी गर्ने समुह पक्राउ

काठमाडौं ।  टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहले राइडर सेवा पठाओसँग सम्पर्क बनाइ टिकटक बनाउने भन्दै राइडरको मोटरसाइकल लिएर भाग्ने गरेको प्रहरीले बताएको छ । यसरी चोरी गर्दै मोटरसाइकलका पाटपूर्जा निकालेर बिक्री गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चोरीको […]

चुनावी गणितको प्रश्नपत्र बाहिरियो !

हाम्रो देशमा हुने विभिन्न परीक्षाको परम्पराको नियमानुसार प्रश्नपत्र जाँचभन्दा पहिल्यै आउट हुने गरेको छ । डाक्टर, इन्जिनियरको प्रश्नपत्र आउट गर्न त निकै कसरत गर्नुपर्छ रे । मैले पनि ठूलै पापड पेलेर अर्को हप्ता हुने चुनावी गणितको आउट भएको प्रश्नपत्र हात परेको छु, जो यसप्रसार छन् । महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १. एउटा उम्मेदवार वा नेता दिनमा जम्मा १० लिटर गोहीको आँसु बगाउँछ । यदि एउटा आमसभामा उसले सरदर ५०० मिलिलिटर गोहीको आँसु बगायो भने उसले जम्मा कति आमसभालाई सम्बोधन गर्‍यो होला ? २. चुनाव प्रचारका क्रममा दलदल पार्टीका उम्मेदवारले भोटरका अगाडि आफ्नो नाकलाई प्रतिदिन १ मिलिमिटर घोट्छ र दलबदल पार्टीका नेताले भने आफ्नो नाक त्यति नै समयमा १.५ मिलिमिटर घोट्छ । चुनाव परिणाम आउने दिन दलदल पार्टीको नाक ५.५ मिलिमिटर मात्रै घोटिएको हुन्छ, जब कि दलबदल पार्टीको नाक ३ मिटर घोटिइसकेको  हुन्छ । अब बताउनुस्– यी दुई दलले कति कति चुनाव प्रचार गरे त ? ३. सामान्यतया भोटरहरूलाई मासु र रक्सी बाँड्दा २.५ प्रतिशत, पैसा बाँड्दा २ प्रतिशत र मोबाइल बाँड्दा ०.९ प्रतिशत भोटको वृद्धि हुन्छ । एउटा पार्टी आफ्नो भोट यसअघिको चुनावको तुलनामा १५ प्रतिशतले बढाउन चाहन्छ । अब भन्नुस्– २ करोड भोटरका लागि कति मात्रामा रक्सी, बियर, मासु–च्युरा, मोबाइल र पैसाको जोहो गर्नुपर्ला ? ४. एउटा विरोधी नेताको सभा बिथोल्न कम्तीमा १५ अधम अरिँगालहरू चाहिन्छन् । यस प्रकारका एउटा अरिँगालका लागि करिब ५ लाख खर्च गर्नुपर्ने हुन्छ । तर एउटा दलले भने अरिँगालहरूमा १० करोड रुपैयाँ खर्च गर्‍यो । अब बताउनुस्– उसले विरोधीका कतिओटा आमसभामा गएर हंगामा मच्चाउन सफल भयो त ? ५. एउटा पार्टीको आफ्नो कोषमा ४० प्रतिशत भ्रष्टाचारबाट, १५ प्रतिशत कमिशनबाट, २० प्रतिशत घूसबाट, १५ प्रतिशत रुपैयाँ ट्रान्सफर गरेर र बाँकी चन्दाबाट जम्मा गर्ने गर्छ । यदि पार्टी फन्डमा यो वर्ष २०० करोड जम्मा भएको छ भने अब भन्नुस्– यो पार्टीले ट्रान्सफर व्यापारबाट कति पैसा लुँड्यायो ? ६. स्थानीय निकायका वडाहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कुनै विरोधी वा विरोधी दलका नेताको भोट वा बंगारा भत्काउन दिइने रकमको अनुपात १ः२ः३ को रहन्छ । यदि स्थानीय स्तरका कुनै आफ्नै पार्टी विरोधी गुट वा बागी उम्मेदवारलाई १० लाख रुपैयाँमा तोडिन्छ भने भने केन्द्रीय स्तरका नेतालाई तोड्नुपर्‍यो भने कति रुपैयाँ आवश्यक पर्छ होला ? ७. एउटा पार्टीले आरक्षणवालाहरूको भोटका लागि ५०० लिटर घरेलु रक्सी र २०० किलो मासु र बाँकी भोटका लागि १० करोड रुपैयाँको व्यवस्था गरेको छ । अब भन्नुस् कि यो पार्टीले पाउने भोटमध्ये आरक्षणवाला र अन्य सबै गरेर भोटको कति कति अनुपात रहन्छ ? ८. एउटा पार्टीले पूरै चुनावी सिजनमा विरोधीहरूमाथि १०० टन फोहोर फ्याँक्छ । एक टन फोहोरमा ३० क्विन्टल झुठ र ५० क्विन्टल गाली मिसाउनुपर्ने हुन्छ । एउटा शुद्ध चम्चाले भने ५० किलो झुठ र ५५ किलो गाली मिलाएर भाषण गर्न सक्षम हुन्छ । यस्तोमा पार्टीलाई कति शुद्ध चम्चाहरूको आवश्यकता पर्छ, ताकि भोटरहरूलाई साँच्चैजस्तो लाग्नेगरी एक शानदार गालीबाजीको कला निर्वाह गर्न सकियोस् ? ९. एउटा उम्मेदवार नेतालाई भत्काउन २ करोड रुपैयाँ र ४ सुन्दरीको आवश्यक पर्न सक्छ । पार्टीलाई चुनावमा बहुमत हासिल गर्न कम्तीमा थप स्थानीय निकायहरू, जस्तै– २०० गाउँपालिका, ८ उपनगरपालिका र १९० नगरपालिकामा जित्नुपर्ने हुन्छ । त्यो पार्टीसँग जम्मा ५० करोड रुपैयाँ र ५० सुन्दरीहरू मात्र छन् । अब भन्नुस्, बहुमत पुर्‍याउन अब थप कति रुपैयाँ र थप कति सुन्दरीहरू जुटाउनुपर्ने हुन्छ ? १०. चुनाव जित्नैका लागि एउटा नेताले ५ करोड खर्च गर्‍यो । यदि उसलाई प्रतिभ्रष्टाचार ५ लाख, प्रतिडिलिङको कमिशनबापत ३ लाख र प्रतिकर्मचारी सरुवाबापत २ लाख आय हुन्छ । अब भन्नुस् कि उसलाई जम्मा कतिओटा भ्रष्टाचार, कमिशन र सरुवाको काम गर्नुपर्ने हुन्छ, ताकि उक्त नेता व्यवसायमा आफ्नो लागतको कमसेकम १० गुणा बढी रुपैयाँ आरामसँग कमाउन सकोस् ? ११. एउटा चुनावी र्‍याली गर्न १०० युवालाई ललिपप, मासु चिउरा र दारुका लागि प्रतियुवा दैनिक कम्तीमा १ हजार खर्च लाग्छ । अब भन्नुहोस्– उसले एक महीनाको चुनाव अभियानमा कति खर्च गर्‍यो होला ? १२. महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १३. चुनावका लागि अनलाइनमा आफ्नो पक्षमा जनता रहेको समाचार बनाउन, विपक्षीमाथि पुष्टि गर्नु नपर्ने गम्भीर आरोप लगाउन तथा पुराना गल्ती खोजी खोजी प्रचार गर्न प्रतिअनलाइन प्रतिसमाचार १५ हजार दिनुपर्छ । दैनिक दर्जनौं अनलाइनमा यस्तो समाचार आइरहेको छ । १५ दिनमा उक्त पार्टीले यस शीर्षकमा कति खर्च गर्‍यो होला ? १४. समृद्ध नेपाल सुखी नेपालीका लागि चुनावमा गाडी र मोटरसाइकल नभई त चुनाव प्रचार हुने कुरै भएन । एउटा उम्मेदवारले १०० गाडी र २ हजार मोटरसाइकलका लागि दैनिक १० लिटर पेट्रोल हालिदिन्छ । पार्टीका झन्डा राखेर गुडेपछि त्यो गाडी र मोटर दैनिक १०० किलोमिटर गुड्छ । यस हिसाबले ६ महानगरपालिकाका लागि मात्र कति पेट्रोल खर्च हुन्छ ? १५. राजनीति सबैभन्दा बढी प्रतिफल दिने व्यवसाय हो भनिन्छ । माथिका सबै खर्च जोडेपछि  पाँच वर्षमा शतप्रतिशत प्रतिफल लिन उसले आफू र आफ्नो पार्टीका लागि कति भ्रष्टाचार गर्नुपर्ला ? अनि त्यसका लागि अब कति कर थप्नुपर्ला ? यी प्रश्नहरूको सही उत्तर दिन सक्नुभयो भने जाँचै नदिए पनि राजनीति विषयमा तपाईंले पनि विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुहुनेछ है !

‘टिकटक स्टार’को खोजी

काठमाडौं– डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिभिजन रियालिटी शो ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ हुने भएको छ । शिखर नेपालले अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट प्रतिभाको खोजी गर्न लागेको हो । शोमा गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा शिवाकोटी निर्णायक छन् । आयोजकले विजेतामध्ये प्रथमलाई कार, दोस्रोलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर […]