रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया

प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमलकिशोर मालपानीको क