समयसीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

उपत्यका विभिन्न सडक आयोजनाका ठेक्का लिएका निर्माण व्यवसायीले आयोजना सम्पन्न गर्न लाग्ने समयसीमाको लिखित प्रतिबद्धता जनाएका छन् । मन्त्रालयको आयोजनामा आयोजित अन्तरक्रियामा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रूपमा स्थापित गर्ने गरी […]

सम्बन्धित सामग्री

कालीगण्डकीमाथि बेलिब्रिज निर्माण हुँदै

पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्नेगरी कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण शुरू भएको छ । जलजला गाउँपालिका– २ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण थालिएको हो । कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेपछि पुल बनाउन थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयलाई हिँडडुल र कृषि उपज बेनीबजारमा पुर्‍याउन सहज हुनेछ । यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग पाँच महीनाभित्र योजना सम्पन्न गर्ने गरी १ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बेनी जोमसोम सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । निर्माण कम्पनीले कालीगण्डकी नदी किनारमा पुलको जग खन्ने काम थालेको छ । ५४ मिटर लामो बेलिब्रिज राख्न मेशिनरी पर्खालसहित ग्याबिन जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने निर्माण कम्पनीका सब–ओभरसियर सनम शाहीले बताए । पाँच महीनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तीन महीनाभित्रै योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदूर परिचालन गरिएको उनले बताए । पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासीले आन्दोलन समेत गर्दै आएका थिए । कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए । करीब तीन सय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरेका थिए । यसरी लैजाँदा सामानको मूल्य महँगो पर्ने गरेको थियो । बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित भएका छन् ।

ठेकेदारले प्रतिबद्धता जनाए योजना सम्पन्न गरेनन्

म्याग्दीमा सञ्चालन भएका ठूला विकास निर्माणका योजना कहिल्य सम्पन्न हुने भन्ने निश्चित छैन । चालू आवको चैत मसान्तसम्म निर्माण ब्यवसायीले योजनाहरूको काम थप भएको समयमा सक्ने प्रतिबद्धता जनाए पनि ढिलासुस्ती गरेका छन् । २९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा जनप्रतिनिधि, राजनीतिक दल, पूर्वाधार विकास कार्यालय र निर्माण ब्यवसायीबीच विकास योजनाहरूमा चैत मसान्तभित्र सक्ने प्रतिबद्धता जनाएका […]