दुर्गमका विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ।सिकाइ उपलब्धि प्रवर्द्धन कार्यक्रममार्फत उत्कृष्ट छनोट भएका तीन विद्यालय, तीन जना शिक्षक र १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।