तस्वीर : कञ्चनपुरको पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा
कञ्चनपुरको बेलौरी नगरपालिका ६ स्थित पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा । हिउँदका बेला चिसो छल्नका लागि घोघिँफोड चरा यहाँ आइपुग्ने गर्दछन् । तस्वीर : रासस
कैलालीको भजनी नगरपालिका–७ पुरैना ताल क्षेत्रमा १२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन भएको छ ।
वासस्थान मासिएपछि एकाएक गायब भएका सारस चरा यो वर्ष फेरि पुरानै ताल क्षेत्रमा देखा परेका हुन । एक जोडी सारस सो क्षेत्रमा केही दिनदेखि बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरानै ताल विगतमा सारसको वासस्थानको रुपमा चिनिएको थियो । तर, सन २००९ मा मोहना नदीको बाढीले तालको स्वरूप तहसनहस गरेपछि सारस पनि गायब भएका थिए । नदीले बिगारेको तालमा मानवीय हस्तक्षेप बढेपछि अहिले तालको नामनिसान छैन ।