गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’ अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश