कोप-२६ : नेपालले जलवायु न्याय र क्षतिपूर्तिको कुरा उठाउने

काठमाण्डाै - स्कटल्यान्डकाे ग्लास्गोमा आजदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पनि आफ्नो मुद्दा उठाउँदैछ । जलवायु परिवर्तनका कारण विभिन्न विपद् सामना गर्न बाध्य भएको नेपालले गरिब देशहरूलाई परेको हानि-नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने आवाज उठाउने भएको हो । यस्तै पग्लिरहेको हिमालका कारण नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपालले विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ । नेपालसहित अति कम विकसित देशहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा जलवायुजन्य घटन...