काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध विभिन्न पटक शंकाको तिर रोपिएको बताएका छन्। चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रविले आज त्यहाँ आयोगित सभालाई सम्बोधन गर्दै आफूमाथि विभिन्न शंकाको तिर रोपेको बताएका हुन्।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानका लागि केही दिन बाँकी रहँदा रवि लामिछानेविरुद्ध नागरिकताको विषयलाई लिएर उजुरी परेको छ।…