बर्दियामा निषेधाज्ञा नमान्ने १ हजार ५३५ जनालाई कारवाही

कोरोना भाइरसको संक्रमण फैलिरहेको त्यसलाई मध्यनजर गर्दै अटेर गर्ने १ हजार ५३५ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले कारवाही गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार निषेधाज्ञाको अवज्ञा गर्ने ६२० साइकल, ५०३ मोटरसाईकल, १४० अटो रिक्सा, १३० चारपाङ्ग्रे सवारी साधन र १ हजार ५३५ जना मानिसहरुलाई कारवाही स्वरुप होल्ड गरेको छ ।