काठमाडौं : आगामी केन्द्रीय कार्य समिति बैठकको तयारीका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ। पदाधिकारी बैठकमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान तथा केन्द्रीय कार्य समिति बैठकका एजेण्डाबारे छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान अध्ययन तथा संशोधन गर्न केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित समितिले तयार पारेको ड्र