नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौँको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकतासहित पक्राउ गरी सार्वजनिक गरेको हो । ...

सम्बन्धित सामग्री

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौं । झुटो विवरण पेश गरी नेपाली नागरिकता (Nepali Citizenship) लिएको आरोपमा प्रहरीले १० भारतीय (Indian) नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलले उनीहरूलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ (Arrest) गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूले नागरिकता बनाउने टोली स्थलगतरूपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ । पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै बिहार घर भई ललितपुर (Lalitpur)को लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।            उनीहरुले जिल्ला प्रशासन कार्यालय, रूपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।     पक्राउ परेकाहरू उपत्यकाको शङ्खमुल, कलङ्की, लगनखेल, गोङ्गबु लगायतका स्थानमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरूको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ । रासस

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

काठमाडौँ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

काठमाडौँ। झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका […]

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।