भवन उद्घाटनको अवसरमा विद्यालयलाई सिद्धार्थ बैंकको सहयोग

काठमाण्डौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा अत्याधुनिक भवन निर्माण गरेको छ । सोमवार एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ अधिकारी, विभिन्न संघसंस्थाका प्रमुख एवम् उद्योगी, व्यापारी समूहको उपस्थिति थियो । अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बंैकको विश्वास छ । बैंकले उद्घाटनको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई २० थान कम्प्युटर, सोलार सिस्टम, यूपीएस, ब्याट्री सहयोग गरेको छ । साथै दृष्टिविहीन विद्यार्थीका लागि बहुउद्देश्यीय हल निर्माण गर्न रू. ४० लाखसम्मको सहयोग गर्न बैंकले विद्यालयसँग सम्झौता गरेको छ ।  

सम्बन्धित सामग्री

विद्यालयलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए । बैंकले विगत १६ वर्षदेखि पोखरा–८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आएको पोखरा […]