ओपनएआईका प्रमुख भन्छन्: मस्क मूर्ख हुन्

अर्बपति टेक धनाढ्य इलन मस्क र च्याटजीपीटी निर्माता ओपनएआईबीचको वाकयुद्ध बढ्दै गएको छ । केही दिनअघि मस्कले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टले ओपनएआईमा गरेको लगानी बापत कम्पनीको कोडबेसमा विशेष पहुँच बनाउन सफल भएको भन्दै ट्टिटरमार्फत् प्रत्यक्ष आलोचना गरेका थिए ।