तीन वर्षपछि मेला-महोत्सवले रौनक

हिउँदयाम सुरु भएसँगै तराईमा मेला/महोत्सव सञ्चालनमा तँछाडमछाड चल्थ्यो । उद्योग वाणिज्य संघलगायत विभिन्न व्यापारिक संघसंगठनले विभिन्न नाममा महोत्सव आयोजना गर्दै आएका थिए । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने नाममा सञ्चालन हुने महोत्सव पछिल्लो समय आम्दानीको माध्यम पनि बन्न थालेको व्यवसायीको धारणा थियो ।