काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो समय मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे सत्यतथ्य छानबिन गर्ने भएको छ।एन्फाले आज (बुधबार) नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर शमशेर जबरालाई एक हप्तामा विवादको सत्यतथ्य पत्ता लगाएर एन्फालाई प्रतिवेदन बुझाउन भनिएको छ। यसअघि मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच भएको छलफलपछि छानबिन समिति गठन गर्न अध्यक्ष शेर्पा तयार भएका थिए।मुख्य प्रशिक्षक अल-मुताइरीको कार्यशैलीमा अ