बदनाम विद्यार्थी संगठनको निर्लज्ज पारा, त्रिवि विभागीय प्रमुख नियुक्तिको विवादमा गुरुमाथि नै निर्घात कुटपिट

काठमाडौँ: नियुक्ति विवाद चर्किरहने त्रिभुवन विश्वविद्यालयको पछिल्लो नियुक्ति पनि विवादमै तानियो। आफू निकटका व्यक्ति नपर्दा तोडफोड र हिंसात्मक गतिविधिले समेत निरन्तरता योपटक पनि पायो। समाजशास्त्र विभागको नेतृत्व आफू निकटकालाई नदिएको भन्दै थालिएको विरोध वार्ताबाट पनि समाधान भएन। महिनौँसम्म विभागमा ताला लाग्यो। प्रशासनले ताला खोल्दा पनि असन्तुष्ट समूले ताला झुन्ड्याइराखे। विरोध तालाबन्दी