आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।पदमा नियुक्त भएको ४५ दिनमै राजीनामा दिएकी ट्रस बेलायतको इतिहासमै सबैभन्दा छोटो समय काम गर्ने प्रधानमन्त्रीसमेत भएकी छन् । यसअघि सन् १८२७ मा जोर्ज क्यानिङ चार महिना बेलायतका प्रधानमन्त्री बनेका थिए ।