मेड इन नेपाल: सिटामोलको भरमा औषधि लिमिटेड

औषधिमा टाँस्ने लेबल प्रिन्ट गर्ने मेसिन अलपत्र अवस्थामा छ । उक्त मेसिन राखिएको भवन प्रयोगविहीन भएर जीर्ण बनेको छ । सरकारले निःशुल्क वितरण गर्ने जुका, क्षयरोग, उच्च रक्तचाप, मधुमेह, माइग्रेन, टाइफाइड, निमोनिया, मलेरिया, हैजा, दमलगायतका औषधि उत्पादन गर्ने भवन कवाडीघरमा परिणत भएको छ ।