एमाले कोसी प्रदेश सभा संसदीय दलको उपनेतामा रानामगर र सचेतकमा राई मनोनीत

मोरङ – एमाले कोसी प्रदेश सभा संसदीय दलको उपनेतामा रामबहादुर रानामगर मनोनीत भएका छन्। बुधबार विराटनगरमा दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मगरलाई दलको उपनेतामा मनोनीत गरेका हुन्। त्यसैगरी, मुख्यमन्त्री कार्कीले दलको सचेतकमा सिर्जना राईलाई मनोनीत गरेका छन्। दलका उपनेतामा मनोनीत मगर इलाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचिन भएका हुन्। उनी प्रदेश सभामा […]

सम्बन्धित सामग्री

एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ

नेकपा एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्।

पहिचानवादी समूहलाई झुलाघाट–चिवाभञ्ज्याङ अभियानमा अवरोध नगर्न एमालेको आग्रह

काठमाडाैँ-  एमालेले जारी झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न कोसी प्रदेशका पहिचानवादी समूहलाई आग्रह गरेको छ। एमाले कोसी प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशका इन्चार्ज रघुवीर महासेठले पहिचानवादी समूहलाई एमालेको जारी अभियानमा अवरोध नगर्न आग्रह गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा प्रदेश इन्चार्ज महासेठले राष्ट्रिय अभियान पूर्वनिर्धारित कार्यक्रम भएको हुँदा त्यसमा कुनै पनि प्रकारका […]

ओलीको निर्वाचनविरोधी अभिव्यक्ति- ‘निर्वाचनले वैमनश्यता, रिस र राग निम्त्याउँछ’

नेकपा एमाले कोसी प्रदेश कमिटीको नवनिर्वाचित पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका छन्। बुधबार विराटनगरको एक होटलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा नवनिर्वाचित पाँच पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन्। कार्यक्रममा अध्यक्ष ओलीले प्रदेश कमिटीको अधिवेशनमा निर्वाचन आयोगले निष्पक्ष काम गर्न नसकेको आरोप समेत लगाएका छन्। उनले निर्वाचन आयोगको काम कार्वाही […]

कोसीको चौँथो प्रदेश अधिवेशन बुधबार

मोरङ- कोसी प्रदेशको प्रदेशसभाको चौँथो अधिवेशन बुधबार हुँदैछ। प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत लिन तीन मात्र बाँकी रहँदैगर्दा प्रदेशसभा बैठक सुरु हुन लागेको हो। नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सरकारले दोस्रो पटक जारी गरेको आर्थिक र विनियोजन अध्यादेश टेबल गर्ने कार्यसूची तय गरिएको जानकारी दिए। हिउँदे अधिवेशनको […]

एमाले कोसी प्रदेश कमिटीको अधिवेशनः मतदान सुरु

माेरङ – नेकपा एमाले कोसी प्रदेश कमिटिको प्रथम अधिवेशनको मतदान प्रक्रिया राती १० बजेबाट सुरु भएको छ। विराटनगरको एक होटलमा निर्वाचन १० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  यसक्रममा अध्यक्षका प्रत्यासी विराटनगरका विनोद ढकालसंगै अन्य प्रतिनिधीहरुले मताधिकार प्रयोग गरेकाछन्। राती ९ बजेबाट निर्वाचन सुरु हुने भनिएपनि करिब १ घण्टा ढिलोगरि राती १० […]

एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु भएन

माेरङ – एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। आइतबार विहान ११ बजेबाट सुरु हुने भनिएपनि सो समय एकपछि अर्को गर्दै राति ९ बजेका लागि तय भएको थियो। अधिवेशन मुल निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि प्राविधिक कारण ढिलाइ भएको हो। विहान […]

मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरेः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरेको बताएका छन्। शुक्रबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा मूल कम्युनिष्टलाई फुटाउन माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपाल अग्रपंक्तिमा रहेको बताए। उनले नेकपा एमालेलाई विगतमा फुटाउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागेको बताए। […]