मेयर र वडाध्यक्षबीच भनाभन, कार्यपालिका बैठक स्थगित
बैठकमा मेयर रावलले वडा विभाजनको प्रस्ताव असफल भए त्यसको सबै जिम्मेवारी लिनुपर्ने भन्दै वडाध्यक्ष थारुलाई हप्काएको एक सहभागीले बताए। उनका अनुसार बैठकमा मेयर रावलले प्रस्तावको विरोधमा गए प्रतिकार गरिने भन्दै वडाध्यक्ष थारुलाई चेतावनी समेत दिएका थिए।
१७ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक मेयर र कार्यपालिका सदस्यहरुको विवादले फेरि बिथोलिएको छ । बुधबारको बैठकमा पुराना कर्मचारीलाई हटाएको र मेयरले ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएको थियो । विवाद चर्किएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरे । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित मेयर हर्क सम्पाङ र अरु जनप्रतिनिधिबीच […]
३ फागुन, गोरखा । बुधबार बिहान बोलाइएको गोरखा नगर कार्यपालिकाको बैठक बिना कारण स्थगित गरिएको भन्दै कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका छन् । बहुमत सदस्य उपस्थित हुदाँ पनि एजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । पृथ्वी जयन्तीको कार्यक्रमको खर्च अनुमोदन र नपुग १३ लाख रुपैयाँ विनियोजन, संघ र प्रदेशमा सिफारिस […]
एमालेले बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकोले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो। यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज) र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भटट्राईले मन्तव्य राखेका थिए...
२० साउन, काठमाडौं । एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट […]
९ असार, धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहीबार पनि स्थगित भएको छ । कार्यपालिका सदस्यहरुले विनियोजन विधेयक माथिको छलफल गर्दा विवाद सिर्जना गरेपछि बैठक स्थगित भएको हो । धरान उपमहानगरपालिकामा यसअघि पनि वडाध्यक्षहरुविरुद्ध नाराबाजी भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यपालिका बैठक स्थगित भएको थियो । नगर सभामा विनियोजन विधेयक पेश नहुने कार्यपालिका वैठक स्थगित […]