नेपाल-भारत संयुक्त आयोग बैठक : ईपीजी प्रतिवेदन बुझ्न भारत सहमत होला ?

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका सम्बन्धमा कस्तो निर्णय लिन्छ भनेर चासोका साथ हेरिएको छ । स्रोतका अनुसार नेपालले ईपीजी प्रतिवेदनलाई बैठकमा प्रमुख एजेन्डा बनाउने निर्णय गरेको छ ।