काठमाडौं : जिल्लाको क्षेत्र नं. २ मा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो शुरु गरेका छन्।गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले बिहीबारदेखि संयुक्त रुपमा घरदैलो शुरु गरेका हुन्।प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती, क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता ध्रुव केसी र क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आवद्ध