स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताउनुभएको हाे ।  बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ ।  घटनाको अनुसन्धानका लागि ...