नाडललाई चाइना ओपन उपाधि

विश्व नम्बर एक राफेल नाडलले निक किर्गियोसलाई पराजित गर्दै चाइना ओपनको उपाधि जितेका छन् । वर्षको छैटौं उपाधि जित्ने क्रममा उनले शनिबार किर्गियोसलाई ६–२, ६–१ ले हराए । १६ ग्रान्डस्लाम उपाधि जितेका ३१ वर्षीय नाडलले गत महिना यूएस ओपन पनि जितेका थिए ।